लेकसाइडको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
पाेखरा | माघ २८, २०७९
पोखरा: पोखरा महानगरपालिका ६ बैदाम लेकसाइडमा दिउसो देखि लागेको आगलागी नियन्त्रणमा आएको छ ।
पोखराको लेकसाइडस्थित सेलवेज सेन्टरमा शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
लेकसाइड सेलवेज टावरको भवनमा रहेको सेलवेज डिपार्टमेन्टको अण्डरग्राउण्डबाट शुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित नासा ट्रेकिङ इकुप्मेन्ट सप, दोर्जेज बार एन्ड ग्रिल लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।
पोखरा महानगरपालिका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४ वटा दमकल र १५ वटा पानी ट्याङकरको सहायताबाट साढे ६ बजेपछि आगो नियन्त्रणमा लिइएको हो । क्षतिको यकिन विवरण भने आइसकेको छैन ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

